You are viewing the translated version of शपथ ग्रहण.
(नियम ३१ सँग सम्बन्धित)
म …………………..ईश्वरको नाममा ।सत्य निष्ठापूर्वक शपथ लिन्छु कि राजस्व अनुसन्धान विभागको …………………….. को हैसियतले मलाई तोकिएको काम, कर्तव्य मेरो ज्ञान विवेकले जाने बुझेसम्म प्रचलित कानूनको अधीनमा रही कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारी साथ पूरा गर्नेछु । आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारी हुन आएको कुरा
म पदमा वहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा अरु कसैलाई कुनै किसिमबाट प्रकट वा संकेत गर्ने छैन ।
शपथ ग्रहण गर्नेको विवरणः – शपथ ग्रहण गरेको प्रमाणित गर्नेः–
नाम, थरः– नाम, थरः–
हस्ताक्षरः– हस्ताक्षरः–
मितिः– मितिः–
पदः– पदः–
इति संबत् …… .. साल महिना गते रोज शुभम्….